कार्तिक २०,निजगढ। सर्लाहीस्थित पोखरीमा कार डुब्दा बेपत्ता भएका २ जनाको शव फेला परेको छ।

बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीको गोताखोर टोलीले उनिहरुको शव फेला पारेको हो।पोखरीमा डुबेको कारपनी सशस्त्रको गोताखोर टोलिले निकालेको छ।
बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार(आज) बिहान डुबेको थियो।

डुबेको कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्कन सफल भएका थिए।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय