कार्तिक २१,पनौती। काभ्रेको रोशी गाउँपालिका–३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन्। कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी–३ स्थित भञ्ज्याङ गाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आज मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार लामाले भान्सा कोठामा सुतिरहेकीे आमाको कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्नुका साथै ढोकाको आग्लोले समेत प्रहार गरी हत्या गरेका हुन्।

आमाको हत्या गरी कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगदसमेत लिएर घटनास्थलबाट फरार भएका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय