कार्तिक २२,हेटौंडा। मकवानपुरको भीमफेदीमा करेन्ट लागेर १ जना नेपाली सेनाको मृत्यु भएको छ।२ जना घाईते भएका छन्।

मृत्यु हुनेमा डँडेलधुराको गन्यापधुरा गाउँपालिका-१ घर भै मकवानपुरको भीमफेदी-८ स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेसक्याम्पमा कार्यरत लेसनायक २९ वर्षिय पदमबहादुर दियाल छन्। उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
डँडेलधुराकै अमरगढि नगरपालिका -२ घर भएका लेसनायक वर्ष २९ का विनोद के.सि. र पाल्पाको रामपुर नगरपालिका-६ घर भएका सिपाही वर्ष २९ कै युवराज कुमाल घाईते भएका छन्।

घाईतेहरुलाई उपचारका लागि तत्काल हेलिकप्टरद्धारा आर्मी अस्पताल छाउनी काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ। उनिहरुको अवस्था मध्यम रहेको जनाईएको छ।

प्रहरीका अनुसार विहिवार बिहान सवा ९ बजे भीमफेदी गाँउपालिका वडा नं. ८ दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा ड्युटिमा रहेको समयमा संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा उनिहरुलाई करेन्ट लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय