मंसिर २३,निजगढ। बारा प्रहरीले भन्सार छली ल्याएको अवैध काजु बरामद गरेको छ। करिब १ लाख १२ हजार रूपैया मूल्य बराबरको ७० किलो अवैध काजु बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ।
शनिवार बिहान साँढे ८ बजे तिर कटारीबाट पोखरातर्फ जाँदै गरेको लु१ख ६७२३ नम्बरको यात्रुवाहक बसलाई जीतपुरसिमरा उपमहानगरपालिका-१स्थित पथलैया चोकमा चेकजाँच गर्दा बिलबिजक नभएको उक्त परिमाणको काजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छ्न्।





