मंसिर२७,बारा। बारा प्रहरीले १ लाख २० हजार रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएको छ।

प्रहरीले बिलबिजक नभएको सानो बच्चाको हुडी १२६ थान , ठुलो हुडी १४० थान,फरारी ज्याकेट २९ थान र आउट ४ थान बरामद गरेको हो।

विहिवार बिहान पौने १०बजे ईलाका प्रहरी कार्यालय कवहीगोठ बाराबाट प्रहरी नायव निरीक्षक खड्कबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले सुवर्ण गाउँपालिका-३ बाट उक्त अवैध कपडा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार काठमाण्डौबाट सतगंज तर्फ जाँदै गरेको प्र०३-००१ ख २५३५ नम्बरको यात्रुबाहक बसभित्र उक्त कपडाहरु ल्याईएको थियो।

अवैध उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय