पुस१,हेटौंडा। मकवानपुरको मनहरीमा स्कर्पियो दुर्घटना हुँदा ४ जना घाईते भएका छन्।
घाईते हुनेमा बाराको निजगढ नगरपालिका-७ का स्कर्पियो चालक अन्दाजी वर्ष ४५ का धनबहादुर स्याङतान,निजकी श्रीमती ३८ वर्षिया हरिमाया लामा,उनिहरुका १३ वर्षिय छोरा यरोश तामाङ र निजगढ-७ कै अन्दाजी ३३ वर्षिया सबु लामा छन्। उनिहरुको अनुहार,टाउको र छात्तिमा चोट लागेको छ।
चालक धनबहादुर र श्रीमती हरिमायाको अवस्था सामान्य र अन्य २ को अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमवार बिहान साँढे ५ बजे निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बरको स्कर्पियो कार मनहरी गाउँपालिका-९ खरङ्गा स्थित पुर्व पश्चिम सडक खण्डमा आफैं अनियन्त्रित भई सडकको बायाँ साईडमा रहेको विद्युतको पोलमा ठक्कर लागी सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।
घाईतेहरुलाई प्रहरी र ट्राफीक प्रहरीसहितको टोलीले तत्काल उद्धार गरी उपचारका लागी मनहरी अस्पताल पठाएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागी बिहान साँढे ६ बजे भरतपुर तर्फ पठाईएको प्रहरीले जनाएको छ।



