पुस ३,हेटौंडा। हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दुरिको सिस्नेरी–दक्षिणकाली सडक खण्ड पुन: बन्द भएको छ।
उक्त सडकखण्डमा पुस २ गतेदेखि आगामी ११ गतेसम्मका लागी अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाईएको हो।

सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्ने कार्य पूरा नभएकाले पुन: सवारी सञ्चालनमा रोक लगाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
गत मंसिर १३ देखि २९ गतेसम्म उक्त सडक खण्ड कालोपत्रे कार्यका लागी बन्द गराईएको थियो।
यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । हेटौंडा हुँदै काठमाडौ जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ , त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




