पुस ७,कैलाली । लागूऔषध मुद्दामा कैलाली प्रहरीको हिरासतमा रहेका एकजना थुनुवालाई थुनामुक्त गराईदिन्छौँ भनी रकम लिने ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ०७ बस्ने बर्ष २९का रुपक साउद,सोही ठाउँका बर्ष २२ का रमेश साउद र बर्ष १९का हर्क साउद छन्।

उनिहरुले थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारतीय मुद्रा लिएको र अन्य रकम भने थुनुवालाई छुटाएपछि लिने मोलमोलाई समेत भएको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय