पुस ७,निजगढ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ मा एक पुरुषको हत्या भएको छ।
सिमरा बिमानस्थलमा रहेको सुरक्षाफौज(प्रहरी)को कार्यालय सहयोगी पदमा कार्यरत जीतपुरसिमरा-१ बस्दै आएका राजकुमार रुम्बाको शनिवार कारभित्र हत्या गरेको अवस्थामा शव फेला परेको हो।
उनि वागमती प्रदेश ०१०२८ च ७६१६ नम्बरको बिद्धुतिय कारभित्र मृत फेला परेका बारा प्रहरीले जानकारी दिएको छ। उक्त कार सिमरा बिमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काका अनुसार रुम्बाले निरीक्षक तिवारीको कार मागेर बाहिर निस्केका थिए।
एसपी खड्काले घटना शंकास्पद रहेको बताएका छन्।
कारको ड्राईभिङ सिटमा रहेका उनको टाउकोको पछाडीपट्टि भागमा गहिरो चोट लागेको छ। घटनास्थलमा कुनै हातहतियार फेला परेको छैन।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे थप प्रष्ट हुने बताउँदै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताए।



