पुस ७,हेटौंडा। मकवानपुर प्रहरीले ८ ग्राम ५५० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

हेटौंडा-१ का २७ वर्षिय सनिप भोम्जन र हेटौंडा-२का २१ वर्षिय विशाल क्षेत्रीलाई उक्त परिमाणको लागूऔषधसहित प्रहरीले रातोमाटे चेकपोष्टबाट नियन्त्रणमा लिएको हो।

गत शुक्रवार राती ८ बजेर १० मिनेटको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा उनिहरुमाथी शंका लागी खानतलासी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पथलैयाबाट हेटौडा बजारतर्फ आउदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाईकल समेतको खानतलासी गर्दा मोटरसाईकलको साईड लाईट बत्ती भित्र लुकाई छिपाई ल्याएको अवस्थामा खैरो हिरोईन् फेला पारेको हो।

पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय