पुस ११, हेटौंडा। गैंडाको खाग तस्करीमा संलग्न एकजना हेटौंडाबाट पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खाटिएको नेपाली सेनाको टोलीले खाग तस्करीमा संलग्न एक पुरुषलाई हेटौंडाबाट नियन्त्रणमा लिएको हो।
हाल नाम,थर वतन नखुलेका ती पुरुष नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछी नेपाली सेनाले कोलकमाण्डो हतियारबाट ५ राउन्ड हवाईफायर समेत गरेको प्रहरीले जनाएको छ।
विहिवार मध्याह्न १२ बजे निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटासहितको टोलीले खाग तस्करी गर्ने ब्यक्तिलाई खोजतलास गर्ने क्रममा हेटौडा-८ गर्देई नजिक चौरमा फेला पारी नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
निजलाई आवश्यक कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय तर्फ लगिएको प्रहरीले जनाएको छ।



