पुस १५,हेटौंडा। हेटौंडाका एक युवकले चक्कु प्रहार गरि आफ्नी आमासहित ४ जनालाई घाईते बनाएका छन्।
चक्कु प्रहार गर्ने हेटौंडा-११ शान्तिटोलका ३० वर्षिय अमित कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोइरालाले आईतवार राती ८ बजे मादक पदार्थ सेवन गरि आफ्नी आमा र छिमेकीहरुलाई कुटपिट तथा चक्कु प्रहार गरी घाईते बनाएका थिए। कोईरालालाई चक्कु सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
घाईते ५०वर्षकी आमा शान्ता कोईरालाको टाउकोमा सामान्य चोट लागेको र उनको हेटौडा अस्पतालाम उपचार पश्चात डिस्चार्ज गरिएको छ।
अन्य घाईते छिमेकीहरु १६ वर्षिया सबिना पौडेल,५२ वर्षिय कृष्ण पौडेल र बर्ष ४८ का हरी बिडारीको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ।



