पुस १५,हेटौंडा। लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले हेटौडा- ११ थानाभर्याङ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ना. ६ ख ३१२४ नं. को ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका-७ बस्ने वर्ष ३१का अनराज कार्की, ना. ६ ख. १७२९ नम्बरको ट्रक चालक हेटौडा-८ बस्ने वर्ष ३२का बिक्रम थापा र ना ४ ख ५१११ नम्बरको ट्याङ्कर चालक मकवानपुरको मनहरी गाउँपालिका-९ बस्ने वर्ष ३१ का अशोक थोकर छन्।
शुक्रवार जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौडाबाट खटिएको प्राविधिक टोली समेतको सहकार्यमा सवारी दुर्घटना तथा क्षती न्युनिकरणका लागी सवारी साधनहरु रोकी चालकहरुको ड्रग्स टेस्ट किटबाट स्वास्थ्य परिक्षण गरिएको थियो।
परिक्षणबाट लागूपदार्थ सेवन गरेको पाईएकोले उनिहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।




