पुस १७, हरिवन। सर्लाहीमा बसले च्यापिएर एकजना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

मंगलवार राती ९ बजेको समयमा राजदेवी ट्राभल्सको एक यात्रुवाहक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको बलरा नगरपालिका–९ स्थित बीओपी छतौना गेट अगाडी तिव्र गतिमा आएको उक्त बस अनियन्त्रित भएर पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय