पुस १७,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित लोथर खोला नजिकै वनमा घाँस काट्न गएकी एक बृद्वा महिला गैंडाको आक्रमणमा परि घाईते भएकी छिन्।
बुधवार बिहान साँढे ८ बजे लामेदमार मध्यवर्ती सामुदायिक वनमा एक्लै घाँस काट्न र गोबर टिप्न गएकी चितवनको राप्ती नगरपालिका-१ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमाया स्याङतानलाई गैंडाले आक्रमण गरि घाईते बनाएको मकवानपुर प्रहरीले जनाएको छ।
गैंडाले आक्रमण गरेपछी घटनास्थल आसपासमा रहेका स्थानियहरुले हो हल्ला गरे पछि गैंडा जंगलतर्फ भागेको थियो।
घाईते स्याङतानको हात,शरिर र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।उनलाई उपचारका लागी चितवन तर्फ पठाईएको छ।
जिल्लाको मनहरी गाउँपालिकामा पछिल्लो समय बाघ,गैंडा जस्ता जंगली जनावरले मानवीय र पशुुुचौपायामा आक्रमण गर्ने क्रम बढेको छ।



