पुस २०, निजगढ। बाराको निजगढ नगरपालिका-५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले हीरक जयन्ति मनाउने भएको छ ।
बिद्यालयले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि हीरक जयन्ती भव्यरुपमा मनाउने जानकारी गराएको हो।
कुनैपनी संघसंस्था संचालनको ६० वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने गरिन्छ।

विद्यालय संचालनको ६० वर्ष पुगेको अवसरमा पुस २२ गते हीरक जयन्ति मनाउने तयारी गरिएको प्रधानाध्यापक हस्तबहादुर लामाले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु, लगायतलाई जयन्तीका अवसरमा सम्मान गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्थालाई थप मजबुत तुल्याउन हीरक जयन्ति महोत्सवले थप मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
विद्यालयमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य सागर गौतम, सहदेब गौतम, तारा देबी चौलागाई लगायतको उपस्थिति रहेको थियो ।




