पुस २०,निजगढ। बाराको निजगढ नगरपालिका वडा नम्बर ६ ले वडासचिव सुमिता पराजुलीलाई बिदाई गरेको छ।
निजगढ नगरपालिकामा झण्डै ५ वर्ष बिताएकी पराजुलीलाई वडा कार्यालयले गत बुधवार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको हो।
उनलाई वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतका जनप्रतिनिधि तथा बिभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले फूलमाला र सम्मानपत्रले विदाई गरेका थिए।
२०७६ साल देखि ०८१ साउन सम्म निजगढ नगरपालिकाका विभिन्न वडामा कार्यरत उनी ६ महिनाअघि वडा नम्बर ६ बाट वडा नम्बर ९ मा सरुवा भएकी थिईन्।
उनको हाल महोत्तरीको बर्दिबास नगरपालिकामा सरुवा भएको छ भने उनको सट्टामा वडामा सुजित कर्णले जिम्मेवारी प्राप्त गरेका छन्।
बिदाई कार्यक्रममा वडा सदस्यहरु आशा श्रेष्ठ, मिना सुनार, केशवप्रसाद अधिकारी, कृष्णबहादुर मोक्तान लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो।



