पुस २२,हेटौंडा।मकवानपुर जिल्ला अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका ४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन्।

प्रहरीले चेक अनादर मुद्दाका २ जना,लागूऔषध मुद्दाका १ जना र सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दाका १ जनालाई सोमवार पक्राउ गरि फैसला कार्यान्वयनका लागी जिल्ला अदालत मकवानपुर,हेटौंडा बुझाएको जनाएको छ।

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्दाकी हेटौंडा-९ बस्ने बर्ष ४३ की अञ्जना चिमोरिया र ईन्द्रसरोवर गाउँपालिका-३का ४० वर्षिय अशोक वाईबा तामाङ छन्। चिमोरिया र वाईबालाई जनही १/१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै सरकारी छाप दस्तखत किर्ते तथा ठगी सम्बन्धी कसुरका हेटौडा-८ बस्ने बर्ष ३५का राकेश लामिछाने र लागूऔषध कोडिन मुद्दाका हेटौंडा-१४ बस्ने वर्ष २९ का रुपेश ढुंगाना पनि पक्राउ परेका छन्।

जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरि लामिछानेलाई १ बर्ष ५ महिना ४ दिन कैद तथा ढुंगानालाई २ सय रुपैयाँ जरिवाना तोकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय