पुस २३,सिंगौल। मंगलवार बिहानै ठूलो भूकम्प गएको छ। नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल र चिनको(तिब्बत) सिमानामा पर्ने दिंगे काउन्टी क्षेत्रलाई केन्द्र बनाएर ७ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का नेपाललगायत भारत,भुटान र बंगलादेशसम्म महसुस गरिएको जनाईएको छ।

काठमाडौ, हेटौंडासहित देशैभरका बासिन्दा भूकम्प आएपछी घरबाहिर निस्किएका थिए।
भूकम्पले कहाँ के कति क्षती पुर्यायो भन्ने विवरण आएको छैन।




