पुस २३,हेटौंडा। मंगलवार बिहान गएको भूकम्पमा परेर चिनको तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।
सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ भने ३८ जनाभन्दा धेरै घाइते छन् ।

नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको थियो। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं,हेटौंडा लगायत देशैभर महसुस गरिएको थियो भने भारत,बंगलादेश र भुटानमा समेत यसको असर परेको थियो।
नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय