पुस २४,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ भने मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ।

प्रहरीले हेटौंडा-१९ वस्तिपुरका सुमन रुम्बाको गत पुस ३ गते  हराएको मोटरसाइकल फेला पारी बुधवार बुझाएको हो।

रुम्बाको चौकिटोलस्थित एक खाजा घर अगाडी पार्किङ गरिराखेको बा.प्र.०३-००६ प ११५६ नम्बरको एनएस मोटरसाइकल हराएको थियो।

प्रहरीले उक्त मोटरसाइकल पुस ६ गते हेटौंडा-३ बसामाडी स्थित जंगलमा नम्बर परिवर्तन गरी चलाएको अवस्थामा चोरिमा संलग्न मनोज लामालाई समेत पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय