पुस २५,हेटौंडा। हेटौंडा बसपार्कस्थित एक होटलमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बिहीवार दिउँसो साँढे १२ बजेको समयमा हेटौंडा-१० बसपार्कमा रहेको चण्डिका होटलमा राक्सिराङ गाउँपालिका-४ का २८ वर्षिय सरोज शाह मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार हिजो बुधबारदेखि उक्त होटलको २०१ कोठा नम्बरमा बसेका शाह आज बिहिवार बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछी होटल संचालकले झ्यालबाट हेर्दा मृत्यु भएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा शाह बिस्तारामा बसेको अबस्थामा मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलको मुचुल्का लिई शव पोस्टमार्टमका लागी हेटौडा अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय