पुस २५,निजगढ। बाराको निजगढ नगरपालिका १२ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई थर्मस तथा न्यानो सिरक र ब्ल्यांकेट वितरण गर्ने भएको छ।
कार्यालयले एक सूचना जारी गरि पूर्ण अपाङ्गता भएका ३ जना र ८१ वर्ष उमेर कटेका ३८ जना वडाबासीहरुलाई थर्मस तथा ७५ वर्ष कटेका ३७ जनालाई सिरक तथा ब्ल्यांकेट वितरण गर्न लागिएको जनाएको छ।
शुक्रवार बिहान ११ बजे देखि २ बजेसम्म कार्यालय भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गर्न लागिएको वडाध्यक्ष ज्ञानबहादुर गोलेले जानकारी दिए।
सामग्री बुझ्न स्वंय लाभग्राही नै नागरिक्ता वा सामाजिक सुरक्षाभत्ता परिचयपत्र लिई आउनुपर्ने वडाध्यक्ष गोलेले बताए।



