पुस २६, निजगढ।बाराको निजगढमा आयोजना हुन लागेको प्रथम निजगढ महोत्सवमा झण्डै २ दर्जन जति राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन्।
आगामी माघ ११ देखि २२ गतेसम्म निजगढ-८ स्थित खयरघारी खेल मैदानमा हुन लागेको महोत्सवमा ख्यातिप्राप्त गायकहरु रामकृष्ण ढकाल,शिव परियार,राजनराज शिवाकोटी,रचना रिमाल,एलिना चौहान,समिक्षा अधिकारी,लोकगायक बद्री पंगेनी,ज्योती मगर,प्रीती आले,राधिका हमाल,शान्तारानी परियार,अमृत खात्ति,नृत्यांगना प्रीति पासवान र एंजिला दाहाल,र्यापर जि-बब, आरटी र सुनिता ल्यामगढ देखि हाँस्यकलाकारहरु धुर्मुस-सुन्तली,सुबोध गौतम र बबिता गुरुङ,प्रमिला क्षेत्री लगायतका मोडलहरुले प्रस्तुति दिने आयोजक नगर उद्योग वाणिज्य संघ निजगढले जनाएको छ।

उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियत दरमा स्टल उपलब्ध गराइने संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
निजगढ नगरपालिका महोत्सवको संरक्षकको रुपमा रहेको अध्यक्ष श्रेष्ठले बताएका छन्।



