पुस २७,हेटौंडा। शनिवार दिउँसो मकवानपुरको मनहरीमा कार र स्कर्पियो ठोक्किएर भएको दूर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुई बालिकासहित १२ जना घाईतेको उपचार भैरहेको छ।
मृत्यु हुनेमा कार चालक हेटौडा-४ स्कुलरोडका अन्दाजी बर्ष ६० का सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवनको राप्ति न.पा.२ गड्यौलि बस्ने अन्दाजी वर्ष ५० की सुनिता श्रेष्ठ छन्। उनिहरुको चितवनस्थित अस्पतालमा उपचारकै क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
दूर्घटनामा कारमा सवार चितवनको राप्ति न.पा.२ गड्यौली बस्ने अन्दाजी वर्ष ५५ का ओमकुमार श्रेष्ठ,सोही ठाउँकी बर्ष २१ की सुमिना श्रेष्ठ तथा स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका-२ छपकैयाका वर्ष २६ की पुजादेवि साह,उनकी ८ वर्षिया छोरी प्रियान्सि साह,सोही ठाउँकी २३ वर्षिया सुरदी देवि,२१ वर्षिया निशाकुमारी साह,१५ वर्षियओमशंकर साह,१९ वर्षिय राजिबकुमार साह,१९ वर्षिया आरतीकुमारी साह,४ वर्षिया बालिका दिब्याकुमारी साह,१६ वर्षिय सरोज शर्मा र १९ वर्षिया रोशनी शर्मा घाईते भएका छन्। उनिहरुको मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ।
स्कर्पियो चालक रौतहट घर भै वीरगंज बस्ने अन्दाजी वर्ष २० का किशन जैसवाल फरार रहेका र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।
शनिवार दिउँसो १ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका-६ डिपार्ट स्थित पूर्व-पश्चिम सडकखण्डमा वीरगंजबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दूर्घटना भएको थियो।



