पुस २८,हेटौंडा। मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ।
मनहरी गाउँपालिका- ६ नँयाबस्तिस्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्ती तर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५०नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँकी खडकबहादुर थिङकी छोरी २ वर्षिया पुजा थिङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
बसले नाबालिका पूजालाई आईतवार अपरान्ह पौने ३ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट सख्त घाईते बनेकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा साँझ ५ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने बस र बसका चालक मनहरी-७ बिजौनाका चन्द्रबहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।



