माघ१,हेटौंडा। हेटौंडा उपमहानगरपालिका-१६ सिपालीचोकमा एउटा कार घरमा ठोक्किँदा ३ जना घाईते भएका छन्।

सोमवार साँझ साँढे ५ बजे फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको तीव्र गतिको बा.९च १३३८ नम्बरको कारले स्थानीय प्रकाश गौतमको एक तले पक्की घरको सटरमा ठक्कर दिएको थियो ।

दुर्घटनामा गौतमकी ३२ वर्षीया श्रीमती मालती गौतमको दाहिने खुट्टा र हातमा गम्भीर चोट लागेको छ । उनलाई प्रारम्भिक उपचारपछि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ ।

त्यस्तै, सोही स्थानकी ३२ वर्षीया राधिका आचार्यको टाउकोमा चोट लागेकोले न्यूरो अस्पताल बाँसबारी काठमाडौं पठाइएको छ । उनका ८ वर्षीय छोरा श्रयान आचार्यको टाउको र ढाडमा चोट लागेकोले उनलाई पनि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ।

कार चालक हेटौंडा-१० का ५८ वर्षीय सानु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा संलग्न कार अस्थायी प्रहरी पोस्ट हटियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय