माघ २,हेटौंडा।मकवानपुर प्रहरीले १११ किलोग्राम अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षिय रावल स्याङ्बो छन्।

प्रहरीले स्याङ्बोलाई मंगलवार हेटौंडा-१५ स्थित रातोमाटे चेकपोइन्टबाट उक्त परिमाणको लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलवार बिहान ०६:५० बजेको समयमा राटोमाटे चेकपोईन्टस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडी खानतलासी गर्दा गाडीको पछाडीको ढाला भित्र खाली क्रेटहरुले छोपी लुकाई छिपाई गरी ल्याईएको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारेको हो।

पिकअप गाडीसहित स्याङ्बोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय