माघ ३,मुम्बई। बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार भएको छ।
मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा बिहिबार बिहान साँढे २ बजे उनीमाथि अज्ञात टोली पसेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खानको शरीरमा पटक पटक प्रहार भएको छ । उनको शरिरमा ६ ठाउँमा ठूलासाना चोट लागेको बताईएको छ। उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
सैफको घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्।
सैफकी श्रीमती करिना कपुरले चोरी गर्ने उद्धेश्यले ती संदिग्ध आफ्नो घरभित्र प्रवेश गरेको बताएकी छन्। घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ।




