माघ ४,हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी साबन्धित धनिलाई बुझाएको छ।
गत असोज १७ गते हेटौंडा-७ नागस्वतीका वीरबहादुर सुनारको आफ्नै घरमा पार्किङ गरिराखेको मोटरसाइकल हराएको थियो।
ईन्जिन नम्बर DHYRMD66524 र च्यासिस नम्बर MD2A11CY4MPD93066 भएको बा.प्र.०३-००५ प ९२२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल नम्बर परिवर्तन गरि चलाएको अवस्थामा शुक्रवार फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकलमा बा.प्र.०२-०३५ प ५६०१ को नम्बर प्लेट राखिएको अवस्थामा फेला पारीएको प्रहरीले जनाएको छ।
यद्यपि उक्त मोटरसाइकल कहाँ र कोबाट फेला पारेको हो प्रहरीले उल्लेख गरेको छैन।
मोटरसाइकल हराएपछी प्रहरीमा निवेदन दिएका वीरबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई सनाखत गरी एकिन गरेर मोटरसाइकल बुझाईएको प्रहरीले जनाएको छ।



