माघ ५,निजगढ।बाराको निजगढ-१० मा जारी तेश्रो ल्होसार कप नकाउट फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा वीरगंज युनाइटेड र बेङ्गखाडि युवा क्लब, महोत्तरी विजयी भएको छ।

लालस्थित बुद्ध मिनि रंगशालामा भएको पहिलो खेलमा अल्टोकी युवा क्लब,रौतहटलाई वीरगंज युनाइटेडले १-४ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफको नवौं मिनेटमै वीरगंज युनाइटेडको तर्फबाट जर्सी नं.७ का खेलाडी सागर चौधरीले सुरुवाती गोल गरे। खेलको १३औँ मिनेटमा रौतहटको तर्फबाट जर्सी नं.१७ का सुरेन्द्र चौधरीले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए।

तर वीरगंजका जर्सी नं.२७ का खेलाडी बिपिन मगरले पहिलो हाफको अन्तिम २ मिनेटमा, सागर चौधरीले ५२औँ मिनेटमा र विवेक चौधरीले ५३ औं मिनेटमा गोल गर्दै टिमको जीतलाई निश्चित बनाए।

उक्त खेलको ‘म्यान अफ द म्याच’ वीरगंजका जर्सि नं. ७ का सागर चौधरी घोषित भए।उनले खेलमा २ गोल गरेका थिए।
चौधरीलाई अवतार सहकारीका अध्यक्ष अजय लामा र योङ्गस्टार युनाइटेड क्लबका पुर्व अध्यक्ष सिद्धार्थ लोप्चनले नगद २ हजार रुपैयाँसहित ट्रफि हस्तान्तरण गरे।

त्यस्तै शनिवार नै भएको दोश्रो खेलमा बेङ्गखाडि युवा क्लब,महोत्तरी न्यु हिमाल युवा क्लब निजगढलाई ०-१ गोल अन्तरले हराउँदै क्वार्टरफाईनल प्रवेश गरेको छ।

बेङ्गखाडीको तर्फबाट खेलको दोश्रो हाफमा जर्सी नं. १० का खेलाडी सुदिप आलेले १ गोल गरे। निर्धारित समयसम्म दुबैटिमबाट अरु गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक गोल बन्यो।
खेलको ‘म्यान अफ द म्याच’ बेङ्गखाडिका जर्सी नं ८ का खेलाडी मनिष आले घोषित भए। आलेलाई संचारकर्मी पवन भगिरथ र स्थानीय समाजसेवी ज्ञानबहादुर मोक्तानले नगद र ट्रफी हस्तान्तरण गरे।

प्रतियोगिता अन्तर्गत आईतवार पनि दुई खेल संचालन हुनेछ।

आईतवारको पहिलो खेल मकवानपुर-११ र निजगढ युवा क्लब-४ बीच दिउँसो १ बजे हुनेछ भने आईतवार नै क्वार्टरफाईनल चरणको पहिलो खेल आयोजक योङ्गस्टार युनाइटेड क्लब र एभरेष्ट एकेडेमी लालबन्दी बीच अपरान्ह ३ बजे हुने आयोजकले जनाएको छ।

पहिलो चरणमा आयोजक योङस्टारले हेटौंडा एकेडेमी मकवानपुर र एभरेष्ट एकेडमी, सर्लाहीले निजगढ सिटि क्लब-५ लाई हराउँदै क्वार्टरफाईनल प्रवेश गरेको हो।

कुल १४ टिम सहभागी प्रतियोगिताको फाईनल खेल माघ १२ गते हुनेछ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख २ हजार २ सय र उपविजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय