माघ ९,हेटौंडा। मकवानपुर प्रहरीले अवैध कपडाहरु नियन्त्रणमा लिएको छ।

प्रहरीले बिल बिजक नभएको १ लाख ४० हजार मूल्य बराबरको १४५ थान कुर्ति र ४५ थान साडी फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

बुधवार दिउँसो १ बजे हेटौडा-१५ रातोमाटे चेक पोईन्ट स्थित पुर्वपश्चिम सडक खण्डमा गौरबाट नारायणगढतर्फ आउँदै गरेको प्र.०३-००२ ख २१७९ नम्बरको यात्रुवाहक बसको डिकिमा उक्त सामानहरु फेला पारि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

सामानहरु आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय