माघ १६,हेटौंडा । हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । निर्माण व्यावसायी महासंघ मकवानपुरको आयोजनामा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको हो ।

१० वर्षपछि दोस्रो संस्करणको रुपमा हुने महोत्सब २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म संचालन हुने निर्माण व्यावसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले मंगलवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सव तथा प्रदर्शनीबाट हुने निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति र अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिने अध्यक्ष कंडेलले बताए।

नेपालमा क वर्गका निर्माण व्यवसायीहरुसमेत सहभागी भई यस क्षेत्रसँग सरोकार राख्ने सरोकारवाला समेतको सहभागितामा हुने छलफल, गोष्ठीका निष्कर्षहरु नीति निर्मातालाई ध्यानाकर्षण गराइने छ । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको विक्री र प्रदर्शनीमा विशेष जोड दिइने बताईएको छ ।

त्यसैगरी महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने छ भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।

हेटौंडा १० स्थित टिसिएन मैदानमा संचालन हुने महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै महोत्सवमा गायन क्षेत्रको आइडल प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय