माघ १८हेटौंडा। रुखले थिची गम्भीर घाईते भएका मकवानपुरका १२ वर्षिय बालक आदर्श पुडासैनीको मृत्यु भएको छ।
आदर्शको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा साँझ ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। शव हाल सोही अस्पतालमा रहेको छ।
शुक्रवार दिउँसो पौने ३ बजे ईन्द्रसरोवर गाउँपालिका-२ खानिखेतस्थित आफ्नै बारीमा ढालिएको रुखले थिचेर बालक गम्भीर घाईते भएका थिए।
प्रहरीका अनुसार बालकका ५५ बर्षिय हजुरबुवा भागिरथ पुडासैनीले आफ्नै घर नजिकै रहेको बारिमा रहेको रुख ढालेका थिए।



