माघ १८,काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले शुक्रवार राती १२ बजेदेखी लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टीतेलमा चार रुपैयााँ बढाएको हो।

इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त पेट्रोलियमको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ र हवाई इन्धनमा ५.७० रुपैयाँ बढेर आएको छ ।




