माघ १९,बारा। भारतमा जारी महाकुम्भ मेला दर्शन गरि फर्केका ५ नेपालीको सवारी दूर्घटनामा परि ज्यान गएको छ।
मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुर छन् । गाडीचालक शम्भु सिराहा र अन्य महोत्तरीका हुन् ।
महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी बिहार राज्यको मुजफ्फरपुरमा अनियन्त्रित भएर पल्टिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। गाडीमा सवार ९ मध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मनोहर ठाकुर, सृष्टि ठाकुर, कामिनी झा र देवतारण देवी छन् ।उनिहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबै महोत्तरीका हुन् ।
तीव्र गतिमा रहेको स्कार्पियो फोर लेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएको छ।
सडकमा बाइक स्टन्ट गरिरहेका युवाहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको जनाईएको छ।




