माघ२५,निजगढ।अदालतको आदेश विपरीत नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै सशस्त्र प्रहरीले निजगढबाट ५ ओटा ट्र्याकटर नियन्त्रणमा लिएको छ।

निजगढ-९ स्थित बकैया नदिबाट गिटि,बालुवा उत्खनन् गरिरहेको अवस्थामा शुक्रवार विहान ६ बजे उक्त ट्र्याकटरहरु नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बेसक्याम्प निजगढका डिएसपी नन्दकिशोर महत्तोले जानकारी दिए।

नियन्त्रणमा लिईएको ट्र्याकटरहरु आवश्यक कार्वाहीका लागी नगरपालिका कार्यालयमा बुझाईएको महत्तोले बताए।

यता ट्र्याकटर व्यवसायी संघ निजगढका अध्यक्ष चेतनाथ न्यौपानेले भने ट्र्याकटर नियन्त्रणमा लिएको विषयमा रोष प्रकट गरे।

“हामी ठेक्का लागेको खोलामा बालुवा लिन गएका हौँ,अदालतले उत्खनन् गर्न रोक लगाएको विषयमा हामी अनभिज्ञ छौँ,न्यौपानेले भने “हामी अदालतको आदेशलाई सम्मान गर्छौँ तर नगरपालिकाले कुनै पनि किसिमको सूचना हामिलाई दिएन।”

नगरपालिका र ट्र्याकटर व्यवसायीसंघविच शुक्रवार भएको छलफलमा नगरपालिकाले प्रती ट्र्याक्टर १० हजार जरिवाना माग गरेको न्यौपानेले बताए।

व्यवसायीसंघ जरिवाना तिर्न राजी नभएका कारण छलफल निष्कर्षमा पुगेको छैन।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको तर्फबाट निवेदक अजय यादवले निजगढ नगरपालिका,कोल्हवी नगरपालिका,डिभिजन वन कार्यालय बारा र वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशलाई विपक्षी बनाई यहि माघ १३ गते दायर भएको रिट निवेदन उपर उच्च अदालत जनकपुर,अस्थायी ईजलास वीरगंजले सोमवार नदिजन्य पदार्थ उत्खनन् नगर्न,नगराउन अल्पकालीन आदेश जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय