माघ२९,हेटौंडा।त्रिभुवन राजपथस्थित मकवानपुरको त्रिखण्डी नजिकै पल्टिएको ग्याँस बुलेट उठाएपछी एकजना स्टाफ भने क्रेनबाट लडि घाईते भएका छन।

हिजो आईतवार राती ८ बजे पल्टिएको उक्त बुलेट आज सोमवार दिउँसो २ बजेर ३५ मिनेटमा क्रेनको मदतले उठाईएको हो।

हिजो रातिदेखी एकतर्फी चलेको उक्त सडकखण्ड क्रेन उठाएपछी भने पूर्णरुपमा सुचारु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-३ का क्रेनका स्टाफ ३१ वर्षिय रोशन थापा क्रेनबाट लडि घाईते भएका हुन्।

उनि बुलेट उठाई सकेपछि क्रेनमा चढि सामान मिलाउने क्रममा लडेका प्रहरीले जनाएको छ।

उनको टाउको पछाडी भागमा चोट लागेको र मकवानपुर सहकारी अस्पताल,हेटौडामा उपचार भैरहेको छ। घाईतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय