माघ३०,निजगढ। बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय वर्तौलाले नगरले संचालन गरेको निःशुल्क एसइइ तयारी कक्षाको अनुगमन गरेका छन्।

वर्तौलाले बुधवार निजगढ ८ स्थित गौरीशंकर मावि र निजगढ-५ स्थित सार्वजनिक मावि वागदेवमा विद्यार्थीहरुको पढाइ गतिविधि बुझ्न स्थलगत अनुगमन गरेका हुन्।

नगरपालिले नगर भित्र रहेका ८वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एसईई लक्षित ३ महिने निशुल्क तयारी कक्षा संचालन गरिरहेको छ। नगरले अघिल्लो वर्षदेखी एसईई दिने विद्यार्थीहरुलाई यो कक्षा संचालन गरेको हो।

अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत बर्तौलासहित प्रशासन शाखा प्रमुख जिवन गौतम, वडा नं ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायत थिए।

नगरपालिकाले विद्यार्थिहरुलाई कठिन लाग्ने अंग्रेजी, गणित र विज्ञान विषय निःशुल्क रुपमा पढाईहेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय