माघ३०,हेटौंडा। हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा ५ जना घाईते भएका छन्।

बुधवार बिहान ११ बजे हेटौडा-९ स्थित रसल बोर्डिङ स्कुल नजिकै गुडिरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किएको हो।

पदमपोखरिबाट गुम्बा चोकतर्फ आउँदै गरेको उक्त अटोमा जंगलबाट अचानक आएको चित्तल ठोक्किएर अटो पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ।

घटनामा अटो चालक सहित ५ जना सामान्य घाईते भएका छन्।
प्रहरीका अनुसार अटो चालक हेटौंडा-१२का ४२ वर्षिय नरबहादुर तामाङको दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको छ भने अटोमा सवार ४ जना घाईतेलाई उपचारकालागि जिल्ला अस्पताल हेटौंडा पठाईएको छ।

उनिहरु सबैको अवस्था सामान्य रहेको र घटना पश्चात चित्तल जंगलतर्फ नै भागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय