फागुन१,हेटौंडा। वागमती प्रदेशको राजधानी एवं मकवानपुर जिल्लाकै एकमात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौंडालाई वालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ।

विहिवार हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजीत एक औपचारीक घोषणासभाका बिच उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरीएको हो।

संघीय सरकारका उपप्रधान तथा शहरी विकाशमन्त्री प्रकाशमान सिंहले उपमहानगरले स्थानिय सरकार संचालन ऐन २०७४ को परीच्छेद ३को दफा १२ को उपदफा २ को ग वमोजिम वालमैत्री स्थानिय कार्यान्वयन निर्देशिका २०७८ तथा वालमैत्री स्थानिय शासन घोषणा कार्यविधी २०७९ले निर्दिष्ट गरेका तहगत चरणहरु पुरा गरेको बेहोराको घोषणपत्र पढेर हेटौंडालाई वालमैत्री नगर घोषणा गरेका हुन्।

मन्त्री सिंहले सामाजिक कुरीती हटाउने उदेश्यका साथ वालमैत्री स्थानिय शासनयुक्त घोषणा भएको भन्दै उपमहानगरलाई धन्यवाद व्यक्त गरे।

मुलुकभरका ११ ओटा उपमहानगरपालिका मध्ये हेटौंडा नै पहिलो वालमैत्री स्थानिय शासनयुक्त घोषणा भएको उपमहानगरपालिका हो।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेर सबै १९ ओटा वडालाई बालमैत्री घोषणा गरिएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको हो ।

बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सत्प्रतिशत तथा बाँकी सूचकमा आवश्यक नतिजा हाँसिल गरेको उपमहानगर प्रमुख मिनाकुमारी लामाले बताईन् ।

बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समिति संयोजक समेत रहेकी उनले बालमैत्री घोषणा गर्न हेटौंडा उपमहानगरका वडाहरूमा विभिन्न संंरचना बनाएको बताइन् ।

कुल २६१ दशमलव ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हेटौंडा उपमहानगरमा १८ वर्ष भन्दा कम उमेर समूहका ५० हजार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका छन् ।

उपमहानगरपालिकामा जम्मा ३७१ वटा बालसमूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बालसमूह सञ्जाल क्रियाशील रहेको जनाइएको छ ।

ती संरचनागत समितिहरुमा ९ हजार २५० जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमहानगरपालिकाको भनाई छ ।

वालमैत्री घोषणासभामा उपप्रधानमन्त्री सिंहसहित वागमती प्रदेशका कार्यवाहक मूख्यमन्त्री प्रकाश श्रेष्ठ,मकवानपुर क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य दीपकबहादुर सिंह, प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठ,प्रदेश सांसदहरु ईन्द्रबहादुर बानिँया,प्रेमबहादुर पुलामी, हेटौंडाका नगरप्रमुख, मिनाकुमारी लामा उपप्रमुख राजेश बानिँया, सबै वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी,विद्यार्थी,अभिभावक लगायत हजारौंको उपस्थिती थियो।

कायक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले शन्देशमुलक गीति नाटकसहित नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी हुन उपमहानगरभरीका विद्यालय तथा संघसंस्थाले झाँकीसहितको बृहत र्याली निकालेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय