फागुन ४,हेटौंडा।मकवानपुर प्रहरीले खानेपानीको मिटर चोरीमा संलग्न २जना किशोरलाई नियन्त्रणमा लिएको छ।
गत मंसिर ८ गते हेटौंडा-४ बुद्धपथस्थित दिलिप राजथलाको घरबाट खानेपानीको मिटर चोरी गरेका १५ र १७ वर्षिय २ किशोरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।
सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उक्त मिटर चोरिमा संलग्न किशोरहरुलाई हेटौंडा बसपार्कबाट नियन्त्रणमा लिईएको प्रवक्ता अर्यालले बताए।
उनिहरुलाई मकवानपुर जिल्ला अदालत मकवानपुर, हेटौडाबाट चोरी सम्बन्धी कसुर मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



