फागुन७,हेटौंडा।निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेकोे ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ मंगलवारबाट हेटौंडामा सुरु भएको छ । महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।

उद्घाटनका अवसरमा बोल्दै गृहमन्त्री लेखकले मुलुकको विकासका निम्ति निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै यस्ता महोत्सवले पर्यटन विकाससँगै आर्थिक पाटो पनि चलायमान गराउन मदत पुग्ने बताए ।

हेटौंडा–१० स्थित टिसिएन चौरमा सुरु महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । निर्माण व्यवसायी संघ मकवानपुरको नयाँ भवन बनाउन आर्थिक जोहो गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरीएको संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले बताएका छन् ।

संघका अध्यक्ष कंडेलको सभाध्यक्षता एवं गृहमन्त्री लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा वागमती प्रदेशका मन्त्री तथा सांसदहरु, संघिय सांसद दीपकबहादुर सिंह,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधी,सुरक्षा निकायका प्रमुखहरु तथा संघसंस्थाका प्रमुख एवं प्रतिनीधीहरुको सहभागीता थियो।

यस्तै महोत्सवमा आज बुधवारबाट हरेक दिन गायन रियालीटी ‘हेटौंडा आईडल’प्रतियोगितासहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । आज बुधबार चर्चित गायक सुगम पोखरेल र व्याण्ड तथा सिर्जना खत्री ‘हाउडे माया’सहितको प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री,होटल तथा फेन्सी लगायतका ३५० वटा स्टलहरु रहेका छन् भने मनोरंजनका लागी बाल उद्यानका साथै विभिन्न आकर्षक माछा अवलोकनका लागी फिस टनेल पनि राखीएको छ ।

उक्त टनेल नेपालमै दोश्रो पटक राखीएको आयोजकको दाबी छ । उद्घाटन अघि हेटौंडा ४ स्थित हुप्र चौरबाट महोत्सवस्थल सम्म शोभायात्रा निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय