फागुन७,निजगढ। रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ । बम्जनविरुद्ध मंगलवार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेको हो । उनिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

बाराको निजगढ–१२ स्थायी घर भएका बम्जनले आफुलाई तपस्वी बताउँदै आएका थिए । उनि हाल बाल यौन दूर्व्यवहारको कसुरमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन् ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ भने पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो । एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो ।

उनिमाथी चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई २०८० सालको पुसमा काठमाडौँको बूढानीलकण्ठस्थित उनकै घरबाट पक्राउ गरेको थियो।

पक्राउ गर्ने क्रममा प्रहरीले उनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका ३० लाख ९२ हजार रूपैयाँ बराबरको मुद्रा पनि बरामद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय