फागुन७,हेटौंडा। विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ
सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधवार बागमती-४  झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबलााई ०-१ गोल अन्तरले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा सुपर सब खेलाडी सुजनकुमार पुलामीले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

पुलामी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको ‘म्यान अफ द म्याच’एपीएफका मणिकुमार लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटाले भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो।

गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हुन् ।

एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोर्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५ हजार र प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय