फागुन ७,हेटौंडा। रोल्पामा बालुवा बोकेको ट्रीपर दुर्घटना हुँदा बाराको निजगढ घर भएका चालकको ज्यान गएको छ।

दूर्घटनामा निजगढ नगरपालिका-५ घर भएका चालक ३६ वर्षिय जिते कुमरको मृत्यु भएको हो।

मंगलवार राती११ बजे रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा ना.८ ख. ७२७६ नम्बरको ट्रीपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रीपरले माडी गाउँपालिका-४ स्थित टुपबोट भन्ने स्थानबाट बालुवा लिई दारबोटतर्फ जाँदै गरेको थियो।

मंगलवार राती खसेको उक्त ट्रीपरका सम्वन्धमा वुधवार बिहान साँढे ९ बजे मात्रै एमके.कन्स्ट्रक्सन प्रालिले रोल्पा प्रहरीलाई जानकारी गराएको बताईएको छ।

प्रहरीका अनुसार ट्रीपरमा चालक एक्लै थिए। उनी अन्दाजी ७० मिटर तल मृत अवस्थामा भेटिएका हुन्।

ट्रीपर घटनास्थलमा नै रहेको र मृत चालकका बारेमा परिवारजनलाई आज विहान नै खबर गरिएपनी शव लिन भोली मात्रै जाने खबर पाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय