फागुन८,हेटौंडा।निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा जारी दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव-२०८१ मा विहिवार आज चर्चित लोकगायिका ज्योती मगरको प्रस्तुति रहने भएको छ।
आयोजकका अनुसार आज मगरसहित अर्का चर्चित लोकगायक नवराज घोरसाईने तथा विश्वराम कार्की,मदन बिष्ट, रवि रिमाल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ।

बुधवार चर्चित गायक सुगम पोखरेल,सिर्जना खत्री ‘हाउडे माया’ लगायतको प्रस्तुति रहेको थियो।
यो सँगै महोत्सवमा गायन रियालिटी ‘हेटौंडा आईडल’ प्रतियोगिता पनि संचालन भैरहेको छ।
महोत्सवमा जुत्ताचप्पल,कपडा लगायत फेन्सी आईटम र होटल लगायत फिस टनेल पनि प्रदर्शनीमा राखिएको छ।
फिस टनेल नेपालमै दोश्रो पटक राखिएको आयोजकले जनाएको छ।
महोत्सवमा नविनतम निर्माण उपकरण तथा सामग्रीहरुको बृहत प्रदर्शनी र विक्री,बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन प्रदर्शनी एवं विक्री,स्थानिय तथा औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्री,सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी,घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवं विक्री,महिला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरुको विक्री,शैक्षिक, घरजग्गा,अटो,खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवं विक्री,बाल उद्यान,नविनतम लञ्च भएका ईभी सवारीको प्रदर्शनी एवं विक्री पनि भैरहेको आयोजकले जनाएको छ।
महोत्सव आगामी फागुन १८ गतेसम्म चल्नेछ।




