फागुन८,हेटौंडा। मकवानपुरमा विहेको भोज खाएर घर फर्किएका एकजना युवाको भीरबाट खसेर ज्यान गएको छ।
जिल्लाको थाहा नगरपालिका-५ नलिवनका ३२ वर्षिय राजकुमार पाख्रिनको बुधवार राती११ बजेर ५० मिनेटको समयमा भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाख्रिन थाहा-८ दामगढी स्थित माईला ससुराको छोरीको बिवाहको भोज खाई फर्कँदै गर्दा थाहा-७ स्थित भट्टीडाँडा भन्ने स्थानको भीरबाट खसेका हुन्।
उनी त्यहाँस्थित एक खाजाघरमा चुरोट किनी सोही खाजाघर पछाडी पिसाव गर्न जाँदा भीरबाट अन्दाजी २ सय मिटर तल खसेका प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।



