फागुन९,काठमाडौ। मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याईएका विभिन्न अवैध सामग्रीहरु बरामद गरी आवश्यक कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।

गत फागुन १ देखि ८ गतेसम्म प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको तीन लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र खाद्य सामाग्रीहरु शुक्रवार राजश्व कार्यालय बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालाले जानकारी दिएका छन्।

उक्त अवैध सामग्रीहरु एक हप्ता भित्र वीरगंजबाट हेटौंडातर्फ आएका यात्रुवाहक बसबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय