फागुन९,काठमाडौ। मकवानपुर प्रहरीले ५ किलो १० ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका-४ हरपुर घर भएका ३३ वर्षिय राजकपुर महत्तो छन्।

उनलाई मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ८ स्थित मनहरी खोला बगरको कच्ची सडकखण्डबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महत्तो शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा रितपुर्वक खानतलासी गर्ने क्रममा उनले पछाडी भिरेको झोला भित्र लुकाई छिपाई ल्याईएको उक्त परिमाणको गाँजा फेला परेको हो।

पक्राउ परेका महतोलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिन म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय